मतदाता नामावली सङ्कलन स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । पाल्पामा मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ ।

मतदाता नामावली सङ्कलन गर्दा कार्यालयमा कोभिड १९ सङ्क्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । आजदेखि लागु हुने गरी अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट हँुदै आएको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएको हो ।

फोटोसहितको मतदाता नामावली सङ्कलन गर्दा सेवाग्राहीले मास्क खोल्नुपर्ने, डिजिटल फोटो खिच्नुपर्ने, औँठाछाप लगाउनुपर्र्ने हुदाँ सङ्क्रमणको जोखिम हुने भएकाले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्