काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुने भएको छ । निलम्बित गभर्नरले मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
रिटमा निलम्बित गभर्नरले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किने अन्तिम आदेश माग गरेका छन् । निलम्बित गभर्नरले सरकारले आफूमाथि कानुनविपरीत कारबाही प्रक्रिया सुरु गरेको बताएका छन् ।
सरकारले विभिन्न आरोप लगाउँदै अधिकारीमाथि छानबिन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्