Skip to content

दसैँको मुखमा सुमन कुमारको ‘बालापन’ सार्वजनिक

कालोपाटी

४८ मिनेट अगाडि

काठमाडौं । गायक सुमन कुमार वाग्लेको नयाँ गीत ‘बालापन’ सार्वजनिक भएको छ। दसैँको मुखमा सार्वजनिक गरिएको गीतले बाल्यकालका सम्झना, गाउँघरको जीवन र परिवारप्रतिको मायालाई समेटेको छ।

गीतमा वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवाले आफ्नो बालापन सम्झिएको दृश्य प्रस्तुत गरिएको छ। बाल्यकालका साथीभाइसँग खेलेका खेल, मित्रता, परिवारको माया र आत्मीय सम्बन्धलाई गीतमा मिठो ढंगले चित्रण गरिएको छ।

गाउँले जीवनको सम्झना र वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिनुपर्दाको पीडालाई प्रस्तुत गरिएको ‘बालापन’ ले बाल्यकालका अविस्मरणीय पलहरूलाई पुनः ताजा गराउने प्रयास गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार