दाङ । दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घाइते दुवैलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो ।
उपचारका क्रममा आज दुवै जनाको मृत्यु भएको बताइएको छ । सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा६प ७३७९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश०१–०२७च ००७७ नंको स्कार्पियोले गढवा गाउँपालिका–५ सिक्रहवामा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्