म्याग्दीको मालिका गाउँपालिका–४ र ५ मा १० रोपनी क्षेत्रफलमा लगाइएको लागुऔषध अफिमका बोट नष्ट गरिएको छ । मालिका गाउँपालिका–४ सिस्नेरी खवाङ र वडा नं ५ को गाईखर्कमा प्रहरीले लागुऔषध अफिमका बोट नष्ट गरेको हो । दुई ठाउँमा पाँच–पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएका म्यादी प्रहरीसहितको टोलीले अफिम नष्ट गरेको हो । स्थानीय तह चुनावको सुरक्षा गस्तीमा गएका प्रहरी टोलीले अफिमखेती भएको भेटेपछि नष्ट गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्