भक्तपुर । भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भनपा–१ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्