काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीवार) देशका पाँच वटा प्रदेशमा वर्षा हुने जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली हुनेछ । त्यस्तै अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ । शुक्रवार पनि यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले महाशाखाले शतर्कता अपनाउन आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्