काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी नेपाल ग्लोबल आइएमई बैंक लिमिटेड भक्तपुर शाखामा चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।
उच्च अदालत पाटनबाट उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद सजाय र १६ लाख ५० हजार जरिवाना तोकिएकाको थियो । उनलाई राईलाई आज काठमाडौँको चाबहिलबाट पक्राउ गरी अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्