Skip to content

महानगरपालिकाका वडामा उठाउन थालियो फोहोर, स्थानीयकै सहमतिमा व्यवस्थापन गर्ने ठाउँको पहिचान

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको छ । वडाध्यक्षका सहयोगी किरण भट्टराईका अनुसार झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि फोहोर उठाउन थालिएको हो।

भट्टराईले भने, ‘बालाजुचोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९ र १० गाडी फोहोर उठाएका छौं । संकलन भएको फोहोर वडा क्षेत्रकै २ र ३ वटा ठाउँमा लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

वडाध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थान गरिने ठाउँका स्थानीयसँग पनि आवश्यक छलफल गरी स्थानीयकै सहमतिमा फोहोर व्यवस्थापन गर्ने ठाउँको पनि पहिचान गरिएको भट्टराईले बताए । मुख्य चोकमा रहेका फोहोर गाडीमा उठाउने काम भइरहेको छ’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्