आजको मौसम

Ad
  • कालोपाटी सम्बाददाता

मनसुन न्यून चापिय रेखा  नेपालको तराई भू-भागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर सक्रिय रहेको छ ।

देशभर समग्र मौसमको अवस्था :

हाल देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पूर्णतया वदली रहेको छ भने पश्चिमी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भू-भागका केहि स्थानहरु तथा पूर्वी भू-भागका धेरै स्थानहरुमा मनसूनी वर्ष भैरहेको छ ।

आगामि तीन दिनको मौसम पूर्वानुमान :

असार २९ गते (आईतबार)

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

असार ३० गते (सोमबार)

दिउँसो: देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा  हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार ३१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको  छ।

राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा  हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ  ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्