काठमाडौँ । तिहार नजिकिएसँगै काठमाडौंको नागार्जुन नगरपालिका–६, कल्लाबारीका स्थानीय सयपत्री फूल टिप्न व्यस्त छन्। तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा लगाइएका फूल ढकमक्क फुलेसँगै कल्लाबारी पहेँलै बनेको हो । फूल खेती गरेका व्यवसायीलाई अहिले सयपत्री खेती गरेका किसानलाई फूल टिप्न र माला उन्न भ्याइनभ्याइ छन् ।
सरकारले बजारमा आयातित प्लास्टिकका फूलमाला निषेध गरेपछि केही वर्षयता व्यावसायिक रुपमै फूल खेती गर्नेको संख्या बढेको छ । तिहारमा भाइटीका लगायतमा सयपत्री, मखमली लगायतको माला लगाउने चलन रहेकाले पनि योबेला सयपत्री फूलको मालाको माग व्यापक छ ।बाँकी तस्बिरमा हेर्नुहोस्…







तस्बिरःनेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्