बक्यौता नतिर्ने उद्योगहरूको लाइन तत्काल नकाटिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य कपिल आचार्यले जानकारी दिए ।

बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले असहमति जनाएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्