काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ ।
बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले मध्यबानेश्वरस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।
अनुगमनका क्रममा जनमत अध्यक्ष सीके राउतलगायतका नेताहरूसँग छलफल समेत गरेका छन् । अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री जगदीश खरेलले जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको बताए ।
उनले भने, ‘चुनावको वातावरण तयार गर्नको लागि सरकारको तर्फबाट हामी महत्वपूर्ण मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल र कुराकानी गरेका छौं । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको भनेर अध्यक्ष ज्यू ले जानकारी गराउनु भएको छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्