Skip to content

चुनावमा भाग लिने सर्तमा सरकारले केपी ओलीलाई काठमाडौँ उपत्यका बाहिर जान दिने !

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । सरकारले अपदस्त भएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको काठमाडौँ छाड्न नपाइने प्रतिबन्ध हटाउने भएको छ । चुनावमा जाने सर्तमा सरकारले यस्तो प्रतिबन्ध हटाउने भएको हो ।

सरकारका प्रवक्ता जगदीश खरेलले केपी ओलीलाई भेटेर यसको आसय व्यक्त गरिसकेका छन् । गृहमन्त्री ओम प्रकाश अर्यालले पनि चुनावमा भाग लिने सर्तमा ओलीलाई लगाइएको प्रतिबन्ध हटाउने विषयमा सरकार लचक हुन सक्ने बताएका छन् ।

सरकारका प्रतिनिधिहरुले पनि एमालेका विभिन्न नेताहरुमार्फत ओलीलाई यहि सन्देश पठाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्