Skip to content

रवि–बालेन सम्झौतापछि एमाले महासचिव पोखरलले भने- ‘देशभक्त शक्तिहरू सचेत हुन आवश्यक देखियो’

कालोपाटी

२३ घण्टा अगाडि

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भएको सहमतिपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशभक्त शक्तिहरू सचेत हुन आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले देशको राजनीति नयाँ मोडतर्फ गएको उल्लेख गर्दै राष्ट्रियता, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न देशभक्त शक्तिहरू एकजुट र सजग हुनुपर्ने धारणा राखेका छन्। उनले पछिल्ला राजनीतिक गतिविधिहरूले राज्यको स्थायित्व र प्रणालीमाथि प्रश्न उठ्न सक्ने संकेतसमेत गरे।

पोखरेलले कुनै पनि सहमति वा गठबन्धन जनहित, विधि र संविधानको मर्मअनुसार हुनुपर्नेमा जोड दिएका छन्। उनले व्यक्तिगत वा समूहगत स्वार्थका लागि हुने राजनीतिक प्रयोगले दीर्घकालमा देशलाई नोक्सान पुर्‍याउन सक्ने चेतावनी पनि दिएका छन्।

रवि–बालेनबीच भएको सहमतिको औपचारिक विवरण सार्वजनिक भइसकेको छैन। तर यस सहमतिले आगामी राजनीतिक समीकरण र स्थानीय–केन्द्रीय सम्बन्धमा असर पार्ने आकलन राजनीतिक वृत्तमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्