काठमाडौँ । राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्नेतले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
बस्नेतले आफूलाई उद्यमीको रूपमा नेपालमै बसेर संघर्ष गरेको र रोजगारी सिर्जना गरेको अनुभवको आधारमा राजनीतिक जिम्मेवारी लिन लागेको बताए। उनले भने, “राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ।”
उम्मेदवारका रूपमा बस्नेतले मुख्य तीनवटा एजेन्डा अघि सारेका छन्:
-
उद्यमशीलता र स्टार्टअपलाई समर्थन: युवा पुस्ताले नेपालमै सपना देखेर त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण सिर्जना गर्ने।
-
सुशासन कायम गर्नु: काम गर्नेले जवाफदेही र निर्णय गर्नेले जिम्मेवारी लिनुपर्ने व्यवस्था सुनिश्चित गर्ने।
-
अनुभवी र युवा पुस्ताबीच सहकार्य: संवाद, मार्गदर्शन र सहकार्यको माध्यमबाट समाजलाई एकजुट बनाउने।
बस्नेतले सबैको सुझाव, आलोचना र सहभागिता आवश्यक रहेको भन्दै परिवर्तनको यात्रामा सहभागी हुन आम नागरिकलाई आग्रह गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्