Skip to content

‘देउवालाई रोइलो छोडी विशेष महाधिवेशनमा सहभागी हुनुस्’ : सुनिल शर्मा

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा महाधिवेशन अघि बढेको छ।

यसै क्रममा कांग्रेसका पूर्वसांसद सुनिल शर्माले सभापति शेरबहादुर देउवाललाई रोइलो छाडेर विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। उनले उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै अग्रजहरूले बनाएको पार्टी देखेर वीपी कोइरालादेखि सुशील कोइरालासम्मको आत्म रोइरहेको उल्लेख गर्दै, विधि र पद्दतिका लागि कांग्रेस डगमगाउन नहुने बताए।

शर्माले भने, “हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मूल्य मान्यतालाई लत्त्याएर ५४ प्रतिशत मतको सम्मान गर्न सकेन। सभापति देउवालले कांग्रेसको मतको अवमूल्यन गर्नुभयो, तर अब रोइलो छाडेर महाधिवेशनको बन्द सत्रमा सहभागी हुनुपर्छ।”

उनले कांग्रेस मारकाट र झगडामा विश्वास नगर्ने मध्यमार्गी पार्टी भएको भन्दै देउवाललाई इतिहास बोकेको नेता भएको स्मरण गराउँदै पाँच–सात विकल्पका साथ महाधिवेशनमा आउन आग्रह गरेका छन्।

विशेष महाधिवेशनले पार्टीभित्रको गुटबन्दी र द्वन्द्व अन्त्य गर्दै विधि, प्रक्रिया र लोकतान्त्रिक मूल्यको सम्मान गर्ने उद्देश्य राखेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्