काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकताका लागि १२ बुँदे सम्झौता भएको छ। आइतबार सम्पन्न सम्झौताअनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ।
सम्झौताबमोजिम केन्द्रीय समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन्। साथै समितिअन्तर्गत ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पनि भएको छ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने उल्लेख गरिएको छ। पार्टी एकता औपचारिक रूपमा सम्पन्न नहुन्जेलसम्म केन्द्रीय समन्वय समितिले पार्टी सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ। थप एकीकरण प्रक्रिया प्रचलित कानुनअनुसार अघि बढाइने जनाइएको छ।
सम्झौताअनुसार दुवै पार्टीका भातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरू जसपा नेपालअन्तर्गत रही केन्द्रीय समन्वय समितिको मातहतमा रहनेछन्। पार्टी एकता र समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म अन्य संगठन तथा विभागहरूले पनि आ–आफ्नो जिम्मेवारीअनुसार समन्वय समितिको निर्देशनमा काम गर्ने सहमति भएको छ।
यस्तै, आगामी फागुन २१ गते हुने चुनावका लागि उम्मेदवार चयन गर्दा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षर अनिवार्य रहने सहमति गरिएको छ। साथै राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालले दिएको उम्मेदवारी फिर्ता लिने विषय पनि सहमतिपत्रमा समावेश गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्