काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश सञ्चालनमा गम्भीर परिवर्तनको आवश्यकता औंल्याएका छन् । पद बाँडफाँट र व्यक्तिगत स्वार्थमा केन्द्रित राजनीति गर्दा देश बन्न नसक्ने भन्दै उनले विचार र सिद्धान्तबाट मात्रै देश अघि बढ्न सक्ने धारणा राखेका छन् ।
आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले लोकतान्त्रिक आन्दोलनको इतिहास स्मरण गरे । उनले २००७ सालको आन्दोलनले नेपाली जनतालाई अधिकार दिलाएको र २०४६ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान प्राप्त भएको उल्लेख गरे । त्यस्तै, सुशील कोइरालाको नेतृत्वमा संविधानसभामार्फत संविधान जारी भए पनि त्यसअनुसार देश सञ्चालन हुन नसकेको उनको भनाइ थियो ।
भण्डारीले ठूला दल मिलेर सरकार बने पनि अपेक्षित परिणाम नआएको उल्लेख गर्दै वर्तमान राजनीतिक अभ्यासप्रति प्रश्न उठाए । उनले भने, ‘हिजो जसलाई हामीले तानाशाह भन्यौँ, उनैले दलहरूलाई दरबारमा बोलाएर श्रीपेच हस्तान्तरण गरे । तर जेनजी आन्दोलनका बेला हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाउनुपर्यो । यही हो प्रजातन्त्र ?’
उनले यस्तो अवस्थाले लोकतन्त्र कमजोर बन्दै गएको संकेत गर्ने भन्दै गम्भीर आत्मसमीक्षा र संरचनागत परिवर्तन आवश्यक रहेको बताए । पार्टीभित्र र बाहिर दुवैतर्फ जिम्मेवारीबोध आवश्यक रहेको उनको जोड थियो ।
कांग्रेसप्रति आशा व्यक्त गर्दै भण्डारीले पार्टीलाई कमजोर हुन नदिने प्रतिबद्धता पनि जनाए । ‘अँगेना सधैँ तातो रहँदैन, दाउरा थप्ने मान्छे भएन भने अँगेना चिसिन्छ,’ उनले भने, ‘हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्