Skip to content

‘विशेष महाधिवेशनकै बीच देउवाको महाराजगञ्जमा आन्तरिक छलफल’

कालोपाटी

११ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन्।

निकट एक नेताका अनुसार देउवाले पार्टीको पछिल्लो गतिविधि र महाधिवेशनसँग सम्बन्धित रणनीति, छलफल गर्न आफ्ना नजिकका नेता बोलाएका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक पनि केही समयअघि देउवा निवासमा पुगेका थिए।

छलफलको क्रममा अन्य नेताहरूलाई पनि बोलाइएको बताइएको छ। यो कदमलाई पार्टीभित्रको शक्ति–समीकरण र रणनीतिक परामर्शको भागका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्