Skip to content

‘एमाले नेताको ज्यान आज पनि जोखिममा छ’ : केपी शर्मा ओली

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूको ज्यान आज पनि जोखिममा रहेको बताएका छन्।

बिहीबार आयोजित कार्यक्रममा ओलीले भने, “आज पनि ज्यान जोखिममा छ, मुद्दा लगाउँछु, भरे लगाउँछु भनिरहेकै छन्। खोजीखोजी घरमा आगो लगाइरहेकै छन्। अहिले सजिलो छैन।”

उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउने व्यक्तिहरू अझै गर्वका साथ हिँडिरहेको उल्लेख गर्दै, नेतृत्वमा त्यागको भावना आवश्यक रहेको बताए। ओलीले “बिना त्याग संसार परिवर्तन हुँदैन, मेहनत, बलिदान र निष्ठा चाहिन्छ” भन्दै आफ्नो प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार