काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेसी तोकिएको छ।
रिट आइतवार दर्ता भएको थियो र सर्वोच्च प्रशासनले पेसी आजका लागि तोकेको थियो। देउवा पक्षबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको थियो।
कांग्रेसमा आधिकारिकताको विवाद तब सुरु भयो जब गगन थापा र विश्वप्रकाश शर्मा समूहले दोस्रो विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरे। नेताहरूको दाबी छ कि दुवै पक्ष सर्वोच्च अदालतको निर्णयलाई अन्तिम मान्ने सहमतिमा पुगेका छन्।
आज प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ, तर कांग्रेसले अहिलेसम्म सबै क्षेत्रको टिकट बाँडफाँट पुरा गर्न सकेको छैन।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्