Skip to content

एकैदिन सुनको भाउ साढे २० हजार बढ्यो, तोलामा ३ लाख ३९ हजार नाघ्यो

कालोपाटी

४ दिन अगाडि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।

बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ कायम थियो। आजको वृद्धिसँगै १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार