Skip to content

सुनको मूल्य ह्वात्तै घट्यो, तोलामा २० हजार ५ सयको गिरावट

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य एकाएक घटेको छ। बिहीबारको तुलनामा शुक्रबार दुवै धातुको मूल्यमा गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ तोकिएको छ।

यसअघि बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ रहेको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ४४० रुपैयाँ घटेको हो।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य पनि ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ कायम थियो। त्यस्तै, गत मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलर र चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार