Skip to content

नयाँ संसद् भवन परिसरमा जेनजी शहीदका शालिक निर्माण हुने

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गरिने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय गरेको हो। बैठकपछि गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले निर्माणाधीन संसद् भवन परिसरमा शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्ने निर्णय गरिएको जानकारी दिए।

भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये सरकारले ४५ जनालाई शहीद घोषणा गरिसकेको छ।

नयाँबानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनलाई आगामी फागुन २१ गतेपछि प्रयोगमा ल्याउने तयारी भइरहेको सरकारको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार