Skip to content

‘यो निर्वाचन देशलाई बचाउने कि हराउने भन्ने अग्निपरीक्षा हो’ :खुश्बु ओली

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले फागुन २१ को निर्वाचन कुन पार्टीले जित्ने भन्ने सामान्य प्रतिस्पर्धा मात्र नभई देशलाई बचाउने कि हराउनेु भन्ने अग्निपरीक्षा भएको बताएकी छन् ।

आइतबार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेतृ ओलीले देशको अस्तित्व र स्वाभिमान जोगाउन यसपटक आम मतदाताले राष्ट्रवादी कित्तामा उभिएर मत परिवर्तन गर्नुपर्ने तर्क गरिन् ।

राप्रपाको समानुपातिक उम्मेदवार समेत रहेकी नेतृ ओलीले वर्तमान व्यवस्था र गणतन्त्रले देशलाई दक्षिण एसियाकै सबैभन्दा गरिब मुलुक बनाएको दाबी गरिन् ।

२०६२र६३ को आन्दोलनपछि देशका करिब एक लाख उद्योग बन्द भएको र गणतन्त्रले युवाहरूको श्रम बेच्ने एउटै मात्र उद्योग खोलेको उनको आरोप छ । गणतन्त्रका नाममा नेता र तिनका आसेपासेले मात्र मोजमस्ती गरेको तर सर्वसाधारणले भने सधैँ दुःख पाएको समेत उनले दाबी गरिन् ।

नेतृ ओलीले चुनावको बेला मात्रै भोट माग्न मन्दिर धाउने र निधारमा चन्दन लगाउने अन्य दलका नेताहरूलाई ुछद्मभेषी रावणु को संज्ञा दिइन् । सीता हरणका बेला रावणले गेरु वस्त्र धारण गरेजस्तै अहिले चुनाव जित्नका लागि मात्रै धर्मनिरपेक्षतावादी नेताहरूले हिन्दुत्वको नाटक गरिरहेको उनको आरोप छ । अहिलेको अवस्थामा देशमा न्याय, निष्ठा र इमान्दारिता कायम गर्न सनातन हिन्दू राष्ट्र अपरिहार्य रहेको उनको दाबी थियो ।

देशको सम्मान र स्वाभिमान जोगाउन राजसंस्थालाई अभिभावकका रूपमा फर्काउनुपर्नेमा उनले जोड दिइन् । हिजो राजसंस्था हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको राहदानी र अहिलेका राष्ट्रपतिको भन्दा राजाको कूटनीतिक सम्मान उच्च रहेको स्मरण गराउँदै उनले संकट पर्दा जनताले अहिलेका नेतालाई नभई राजालाई नै खोज्ने गरेको दाबी गरिन् । वर्तमान राजनीतिक असफलता र सहकारीपीडित लगायतका समस्या समाधान गर्न पनि सनातनी नेतृत्व नै आवश्यक पर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार