Skip to content

राेल्पा पुगेर विप्लवले गरे १८ वर्षपछि मतदान

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।

यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।

विप्लवले परिवर्तन गाउँपालिका-३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए ।उनले रोल्पाबाटै चुनाव लड्न चाहेका पनि थिए । पार्टीले नेतृत्व अहिलेले चुनावमा भाग नलिने नीति लिएपछि उनि चुनावमा उम्मेदवार नबनेको बताएका छन् ।

आफूले १८ वर्षपछि पहिलोपटक मतदान गरेको समेत बताएका छन् । रोल्पा क्षेत्र-१ बाट उनको पार्टीबाट पोलिटब्युरो सदस्य चुडामणि वली चुनावी मैदानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार