Skip to content

महासंघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काडमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभा तथा निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वको शपथ ग्रहण समारोह सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा महासंघका पूर्वअध्यक्ष, उद्योगी–व्यवसायी, विभिन्न सरकारी निकायका प्रतिनिधि तथा निजी क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको हकहित संरक्षण, लगानीमैत्री वातावरण निर्माण तथा अर्थतन्त्र चलायमान बनाउन महासंघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्षले उद्योग–व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान, लगानी प्रवर्द्धन, रोजगार सिर्जना तथा सरकारसँग सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। साथै, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्दै आर्थिक गतिविधि विस्तारमा महासंघको भूमिका अझ प्रभावकारी बनाइने उल्लेख गरेका छन्। महासंघको नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा निजी क्षेत्रको आवाज थप सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार