काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रलाई नै आधार बनाएर सरकारले आफ्नो नीति तथा कार्यक्रम र विनियोजन बजेटका सिद्धान्त तथा प्राथमिकता ल्याएको तर्क गरे ।
‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार( यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै होस किनकि हामीले निर्वाचन लड्नुभन्दा अगाडि रूपान्तरणका सय आधारहरू भनेर वाचापत्रमा उल्लेख गरेका थियौँ,’ उनले भने, ‘त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरा मान्ने हो भने यसैमा टेकेर आएका सयवटा शासकीय सुधारका मार्गचित्र हाम्रो नीति तथा कार्यक्रम र अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता हो ।’
त्यसलाई विपक्षी दलहरूले आफ्नो अनुकूल बनाउन अर्को निर्वाचन कुर्नुपर्नेको उनको जवाफ थियो । उनले सरकार जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सारअनुसार अघि बढिरहेको जिकिर पनि गरे ।उनले भने, ‘अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनका लागि अर्को चुनाव नै कुर्नुपर्ला ।’
अर्थमन्त्री वाग्लेले सरकारले शासकीय सुधारका मार्गचित्र पनि जनताको भावनाअनुसार अघि बढाएको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्