Skip to content

नागढुंगा सुरुङमार्गको शिलालेखमा पूर्वाधारमन्त्री लम्सालको नाम अभिलेखित

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । थानकोट र नागढुंगा जोड्ने सुरुङमार्ग आजबाट सञ्चालनमा आएको छ । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरियो ।

मन्त्री बनेको चार महिनामै नेपालको पहिलो सुरुङमार्ग उद्घाटन गर्न पाउने लम्साल भाग्यमानी ठहरिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटनमा रुचि नराख्दा लम्साललाई यो अवसर मिल्यो । सुरुङमार्गमा राखिएको नयाँ शिलालेखमा उनको नाम अभिलेखित बनेको छ ।

सुनौलो रंगको शिलालेखमा लेखिएको छ, ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो ।’

नेपालका लागि जापानी राजदूत र दातृसंस्था जाइकाका अध्यक्षले मन्त्रीसँगै रिवन काटेर सुरुङमार्गको उद्घाटन गरेका हुन् । आयोजनास्थलमा अर्को एउटा शिलालेख पनि छ, जसमा नेपाल र जापानको झण्डा राखिएको छ ।

नागढुंगा सुरुङमार्गको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । यो आयोजना ओलीकै सोचअनुसार निर्माण भएको उनका अनुयायीहरूले बताउने गरेका छन् । तर, आयोजनास्थलमा ओलीले शिलान्यास गरेको अभिलेख छैन । त्यसबेला बनाइएको शिलालेख निर्माणस्थलबाट निकालेर सडक विभागमा राखिएका र जेनजी आन्दोलनको समयमा जलेर पुरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार