काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्म ‘गौँथली’ ले दुई सातामा साढे १३ करोड बढी व्यवसाय गरेको छ ।
पहिलो साता साढे ७ करोडको व्यवसाय गर्न सफल फिल्मले दोस्रो सातासम्म आउँदा १३ करोड ६४ लाख ४६ हजार ५३५ ग्रस कलेक्स गर्न सफल भएको छ । फिल्मलाई यस अवधिमा ४ लाख ९४ हजार ११५ जनाले हेरेका छन् ।
साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मले २० करोड बढीको व्यवसाय गर्ने अनुमान गरिएको छ । फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा।भोला रिजालका छोरा डा।कपिल रिजालले निर्देशन गरेका हुन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने पहिलो फिल्म बनेको छ । यसअघि पहिलो स्थानमा ‘जात्रा’ समूहको फिल्म ‘लालीबजार’ थियो । जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो ।
सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ । अधिकांश शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ । पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ ।
कलाकारसहितको टिम अहिले पनि हल हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौँ उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका चलचित्र भन्दै तारिफ गरिरहेका छन् ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।
डा।भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा।कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्