काठमाडौं । राजावादी नेता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन्।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन्। नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको उनको भनाइ छ।
‘सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ।
राणाले विविध आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र सहअस्तित्व नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले यस्तो संवेदनशील अवस्थामा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु, दिगो शान्तिको वातावरण कायम गर्नु तथा सरकारको जवाफदेहिताका लागि खबरदारी गर्नु नागरिकको कर्तव्य भएको बताएका छन्।
यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानवअधिकार तथा संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण दुर्गा प्रसाईलाई गएराति निवासबाट पक्राउ गरिएको भन्दै राणाले त्यसको निन्दा गरेका छन्।
उनले दुर्गा प्रसाईको तत्काल रिहाइ गर्न सरकारसँग मागसमेत गरेका छन्। गएराति पक्राउ परेका प्रसाईं अहिले भक्तपुर प्रहरीको हिरासतमा छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्