Skip to content

‘बाढीपछि ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा सरकार गम्भीर बनोस्’ : कुलमान

कालोपाटी

५३ मिनेट अगाडि

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधारको शीघ्र पुनर्स्थापना गर्न माग गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष घिसिङले यस्तो माग गरेका हुन् ।

त्रिशूली र कालीगण्डकी करिडोरको विद्युत् प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न उनले सरकारसँग माग गरेका छन् ।

अध्यक्ष घिसिङले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्न स्पष्ट कार्ययोजना र आवश्यक सहजीकरण तत्काल अघि बढाउनुपर्ने बताए

उनले लेखेका छन्, ‘यो केवल एउटा क्षेत्रको समस्या होइन, यो नागरिकको जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र नेपालको विकास यात्रासँग जोडिएको गम्भीर राष्ट्रिय चुनौती हो । यतातर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमै दबाब सिर्जना गरेको भन्दै घिसिङले आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने अवस्थामा तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

संकटको समयमा स–साना विषयमा अल्झिने होइन, देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन र क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार