Skip to content

महाकालीको बाढीले चुँडियो दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल

कालोपाटी

१९ मिनेट अगाडि

काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल बाढीका कारण बीच भागबाट चुँडिएको छ।

बुधबार बिहान करिब ८ बजे महाकाली नदीaमा आएको बाढीले पुलको बीच भागमा रहेको पिलर भत्काएपछि पुलको संरचना नदीमा बगेको हो। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ र दोधारा–चाँदनीतर्फबाट तेस्रो भागमा क्षति पुगेको छ।

पुलमा क्षति पुगेपछि आवतजावत प्रभावित भएको छ। क्षतिको विस्तृत अध्ययनका लागि सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले प्राविधिक टोली पठाउने तयारी गरेको छ। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार