काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले दशैंको नाममा क्रूरता पशुबलि दिइने भन्दै असन्तुष्टि जनाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मान्छेले उत्सवको रूपमा दशैँ मनाउँदै गर्दा निर्दोष जनावरहरूको लागि भने दशैं दशा बन्ने बताइन्।
उनले नेपालमा पशु कल्याणसम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने धारणा राखिन्।
उनको भनाइ जस्ताको त्यस्तै,
दशैं आउन अब जम्मा १० दिन जति बाँकी छ। हामीलाई दशैं उत्सव हुन सक्छ तर निर्दोष जनावरहरूको लागि भने दशैं दशा नै हो। किनभने दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी, बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौँ। त्यो पनि सहज तरिकाले होइन खेतका आली आलीमा लखेटी लखेटी, भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुटी चुटी। हो यस्तै यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्केको हुँ।
आज हजारौँ लाखौँ निर्दोष पशुहरूको बलि चढाइदिइन्छ त्यो पनि सार्वजनिक रूपमा बीभत्स हत्या गरेर। जब म विदेश पुगेँ, त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ।
अब भन्नुस् हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छरु पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा मात्र लिने तर पशुलाई वास्तविक सेवा र कल्याण कहिले नदिने यो नीति कहिले खारेज हुन्छ ?
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्