काठमाडौं । नेपाल चलचित्र कलाकार संघले यस वर्षको दसैँ अनावश्यक तडकभडक नगरी सचेत र सामान्य रूपमा मनाउन सबैलाई आग्रह गरेको छ। संघले आइतबार राजधानीमा आयोजना गरेको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा कलाकारहरूले यस्तो आग्रह गरेका हुन्।
कार्यक्रममा विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का र आकाश अधिकारीलगायतले प्राकृतिक विपत्ति तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको उल्लेख गर्दै यस वर्षको दसैँ सादगीपूर्ण रूपमा मनाउनुपर्ने धारणा राखे। उनीहरूले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।
त्यस्तै, मनोज आचार्य र घनश्याम खतिवडाले नेपाली कला, संस्कृति तथा चलचित्रले समाजको वास्तविक जनजीवन प्रतिबिम्बित गर्ने बताए। उनीहरूले नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्वदेशी सेवा तथा उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले ‘साथी राइड’को प्रवर्द्धन गरेका थिए।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य प्रस्तुत गरेका थिए। सविता कार्की र सम्वृद्धि भण्डारीले दसैँ विशेष नृत्य प्रस्तुत गर्दा गायक आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिका सारिका घिमिरे र अनु गौतमले सांगीतिक प्रस्तुति दिएका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्