Skip to content

तिहार बिदाअघि शेयर बजार सामान्य बढ्यो

कालोपाटी

२२ मिनेट अगाडि

काठमाण्डौ । हिजो दोहोरो अङ्कले घटेको शेयर आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २.६४ अङ्कले बढेर २ हजार ६५५.२२ विन्दुमा झरेको छ ।

आज अन्य बाहेक सबै समूहको उपसूचक बढेको छ । १५८ वटा कम्पनीको शेयर बढेकोमा १०७ वटाको घटेको छ । १४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४ प्रतिशतले बढेको छ । घोराही सिमेन्टको शेयर ६।४० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ३३६ वटा कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ३ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ ।

अब शेयर बजार कात्तिक २७ गते खुल्नेछ । भोलिदेखि तिहार बिदा शुरू हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार