काठमाडौं । पछिल्लो समय कोभिड संक्रमितको संख्यामा बृद्धि भएपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप कडाई गर्ने तयारी गरिएको छ । निषेधाज्ञा थप गरी पहिलेकोभन्दा कडा पार्ने विषयमा मंगलबार दिउँसो उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ ।
निषेधाज्ञाकोे विषयमा छलफल गर्न आज दिउँसो २ बजे तीन जिल्लाका सीडिओको बैठक बस्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यसअघि घोषित निषेधाज्ञाको अवधि भोलि साउन २७ गतेबाट सकिँदै छ ।
दोस्रो लहरको कोरोना संक्रमितको संख्यामा वृद्धि भएको भन्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु गरिएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्