काठमाडौं । नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १६ हजार ६५६ जनाको परीक्षणमा ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ९ सय ७ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६ सय १६ र ५ हजार ७४९ जनाको एन्टीजेन परीक्षणमा ८ सय ६५ जनामा संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ८५ जना संक्रमीत निको भई डिस्चार्ज भएका हुँदा ३० संक्रमीत को मृत्यु भएको छ । देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमीतमध्ये ३४ हजार ८ सय १३ जना होम आइसोलेसन, ३ हजार २ सय २० जना संस्थागत आइसोलेसन, ७ सय ९६ जना आईसीयू र १ सय ८४ जना भेन्टिलेटरमा छन् । देशभर ३ सय ९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्