काठमाडौं । काठमाडौंको गौशालास्थित गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडा घर भई गुहेश्वरी करिडोरमा बस्ने राम श्रेष्ठलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसारबिहिबार ३९ वर्षका श्रेष्ठले २३ वर्षीया पत्नी रन्जु तामाङको घाँटी थिचेर हत्या गरेको हो ।
रन्जुको पेटमा ६ महिनाको बच्चा थियो । एक साताअघि झगडा हुँदा रन्जुले ‘अब मेरो श्रीमान मरे बराबर भयो’ भनेर चुरा र पोते फुकालेकी थिइन् बिहिबार बिहान सो विषयमा फेरि झगडा हुँदा ‘घाँटी थिचेर हत्या गरेको’ आरोपीले प्रहरीसँग बताएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्