काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका नेता केसी मुख्यमन्त्री नियुक्त भएक हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि, लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको थियो ।
सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए । मुख्यमन्त्री केसीले आजै शपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गर्नुभएको छ । अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएक थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्