काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकमा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बिहीवार १५ हजार ४ सय ६२ पीसीआर तथा एन्टीजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकमा हालसम्म ७ लाख ९८ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार २ हजार २ सय ९४ जना संक्रमित निको भएका छन् ।यससँगै मुलुकभर कोरोना संक्रमण उपचारपछि निको हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ ।
आज ३२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २ सय १२ पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्