Skip to content

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउछौँ ‘ : मुख्यमन्त्री मुख्यमन्त्री

chief_minister

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्रीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका छन् ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वभाविक हुने बताए । ‘नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ आउँछ, त्यसलाई अन्यथा लिनुपर्दैन,’ मुख्यमन्त्री केसीले भने, ‘जुन पार्टीले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट बजेट ल्यायो त्यसलाई स्वीकार्ने प्रश्नै हुन्न ।’

केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही ट्रयाकमा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीले बताए । सरकारले तत्कालै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्