धनगढी । कैलालीमा नदी बस्तिमा पसेपछि १३८ घर डुवानमा परेका छन । पथरैया नदीमा आएको बाढी जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा पस्दा १३८ घर डुवानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको हो । जानकी गाउँपालिकाको वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको उनले बताए । सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको सुचना अधिकारी जोशीले जानकारी दिए ।
यस्तै प्रशासनले कर्णाली नदीमा पनि पानीको बहाव बढ्दै गएकोले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। यस्तै कैलारी गाउँपालिकाका विभिन्न क्षेत्रका घरमा पनि पानी पसेको छ। चुरे क्षेत्रमा भइरहेको वर्षाका कारण कैलालीका अधिकांश नदीमा पानीको बहाब बढेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्