काठमाडौ । एमाले विभाजन हुँदा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको नेता प्रदीप नेपालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको बताएका छन् । उनले माधवबाट आफूलाई धोका भएको भन्दै एकीकृत समाजवादीबाट बिदा लिनुपर्ने भएको बताएका छन् ।
उनले भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्