काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुभएको छ ।
उहाँले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुुभएको हो । प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताउनुभएको थियो ।
सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उहाँले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।-रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्