काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ मसान्तसम्म कायम हुने गरी निषेधाज्ञा कायम राखेको हो । यद्यपि बैठकले निषेधाज्ञा भन्ने शब्द भने हटाएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो । बैठकले शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने निर्णय गरेको छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।
बैठकले अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्