कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा बाघले गोठबाटै बाख्रा खान थालेको छ । गत भदौ १४ गतेदेखि वडाको बिन्दावासीनि टोलमा रातीको समयमा बाघ देखिन थालेको हो ।
सोमबार बिन्दावासीनि टोलकै एक गोठमा पसेर एक बाख्रा खाएको थियो भने फेरि मङ्गलवार अर्का स्थानीयको गोठमा पसेर अर्को बाख्रा मारेको पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले जानकारी दिए ।
रातीको समयमा गोठभित्रै पसेर बाघले बाख्रा खान थालेपछि त्यस ठाउँमा त्रास बढेको छ । लगातार स्थानीयका बाख्रा मार्न थालेपछि सम्पूर्ण वडावासीलाई सतर्क रहन उक्त वडाका अध्यक्ष अर्यालले आग्रह गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्