धादिङ । जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ । खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका-३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।
होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसले अखाद्य माछा खुवाएको उजुरी परेपछि गरिएको अनुगमनमा विभिन्न छ किसिमका म्याद गुज्रिएका सामग्री फेला परेको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना नगरेको, होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरिएको उहाँको भनाइ छ ।
यसैगरी भैरवीनाथ भोजनालयबाट लेबल नभएका र म्याद गुज्रिएका चाउमिन १३ पाकेट फेला परेको, मांसाहारी र शाकाहारीका लागि एउटै फ्रिजको प्रयोग गरेको, पकाएको आलु र चाउचाउ ताजा नभएको, सरसफाइमा ध्यान नदिएको र होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरेको बताइएको छ ।-रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्