काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरु आआफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका थिए ।
उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले बैठक अवरोध गरेर अन्य सांसदहरुको अधिकार हनन् नगर्न रुलिङ गरेका छन् । तर, एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको षडन्त्र मुलक संलग्नता देखिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अवरोध गर्न आइतबार बसेको संसदीय दलको बैठकमा निर्देशन दिएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्